काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादमा परेका तीन जना मन्त्री प्रकाश ज्वाला, मोहनबहादुर बस्नेत र सुदन किराँतीको राजीनामा माग गरेको छ ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले प्रमुख सचेतक पदम गिरीले तीन जना मन्त्रीमाथिको कारबाहीबारे संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को जवाफ माग गरेका हुन् । सचेतक गिरीले प्रधानमन्त्रीले सिंगो संसदलाई जवाफ दिनुपर्नेमा छलेर हिँडिरहेको आरोप लगाए ।