काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र इलाम २ र बझाङ १ को उपनिर्वाचन १५ वैशाखमा हुने भएको छ ।निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।
इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।
उता बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।