कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रका समस्याबारे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । आइतबार संविधान सभा सदस्य तथा सुदूर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंहको टिमले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो ।
भारत सरकारले राष्ट्रिय प्राविधिक शिक्षालय स्थापनाका लागि सहयोग गर्ने सहमति भए अनुरूप पुनर्वास नगरपालिकाको ६५ बिगाहा स्थापना गर्न माग गरिएको छ ।
यस्तै कैलाली भन्सारमा हुने समस्याको बारेमा अवगत र सो को समाधान र त्यसको दीर्घकालीन समाधानका लागि पनि सरकारको ध्यानाकर्षण गराइएको जनाएको छ । यस्तै पुनर्वास नगरपालिका वडा न ११ टाउके बजार देखि धनगढी बडहरा जोडने मोहना नदिमा पुल निर्माण बारे सरकारको ध्यानाकर्षण गराइएको हो ।