काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरुको अवरोध कायमै राखेका छन् । उनीहरूले विवादित तीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको अडान राखेका छन् ।
एमाले सांसद गोकुल बास्कोटाले तीन मन्त्रीको राजीनामा नआए प्रधानमन्त्रीको जवाफसँगै बर्खास्त गर्नुपर्ने अडान सुनाए। सभामुखले कार्यसूचीअनुसार अगाडि बढ्न पटक-पटक आग्रह गर्दा पनि निरन्तर नाराबाजी भएपछि बैठक स्थगित गरेका हुन् । विपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
यस्तै राप्रपाले मिटर ब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको छ । नभए संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी छ ।