काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन्।मंगलबार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताएका हुन्।
उनदे मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरुले दुःख पाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतिहरुबारे आफू सबैमा जानकार रहेको बताए। उनले चिकित्कसहरुलाई विकट क्षेत्रमा सेवा पुर्याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको बताए।
कर्मचारीहरुले भनेका मानिसहरुलाई पठाएमात्रै पक्षपात नहुने होरु भन्दै प्रश्नसमेत उनले गरेका छन्। उनले सरुवा गर्न लाग्नुपूर्व नै शीर्ष नेतृत्वको घरमा पुगेर रोक्न लगाउने गरेको आरोप लगाए।