धनगढी । धनगढी शिव नगर ५ मा रहेको चैतन्य पाठशालाले आयोजना गरेको चैतन्य बाल साहित्य सम्मेलन सम्पन्न भएको छ । मङ्गलवार विद्यालयकै प्राङ्गणमा बाल साहित्य सम्मेलन आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार बद्री सर्मा बिनाडीले विद्यालय तहबाटै विद्यार्थीहरु विभिन्न रचनात्मक क्रियाकलापसहित यस्ता साहित्य क्षेत्रको माध्यमबाट उनीहरूको सिप कला क्षमता र ज्ञानगुनका कुराको वृद्धि विकास हुने बताउँदै किताबी ज्ञान बाहेक यस्ता रचनात्मक र सृजनशीलताले पनि विद्यार्थीहरुको बौद्धिकता बढ्ने विश्वास लिए ।
चैतन्य पाठशालाका सीइओ गणेशप्रसाद जोशीले पाठशालाले २० वर्षपछि काम लाग्ने शैक्षिक गुणस्तरीय शिक्षा दिइरहेको बताएका छन्। विद्यालयमा वेद र विज्ञानलाई सँगसँगै पढाइरहेको र विद्यार्थीहरूलाई अहिलेको समय परिवेश अनुसार आवश्यकता परेको शिक्षा अनुकूल स्मार्ट बोटबाट समेत पठनपाठन गराइरहेको जानकारी दिए ।
शिक्षा र संस्कारको सङ्गम चैतन्य पाठशाला अझै पनि गुणस्तरीय शिक्षाको गुणस्तरीय शिक्षाको लागि अझै हरपल लागिरहेको उनको भनाइ छ । कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका सहायक प्राध्यापक गणेश प्रसाद जोशीले बाल साहित्य सम्मेलनले विद्यार्थीको चौतर्फी विकास गर्न सहयोग गरेको भन्दै आयोजकलाई धन्यवाद दिए ।
चैतन्य बाल साहित्य सम्मेलनमा विभिन्न विद्यार्थीहरु आफैले रचना गरेका गीत कविता, गजल लगायतका साहित्यिक रचनाहरू सुनाएका थिए । कार्यक्रममा कक्षा ८ मा अध्ययनरत विद्यार्थी जेनी चौधरीले म को हुँ भन्ने रमाइलो र ज्ञान बदवर्धक कविता सुनाएकी थिइन् ।
सम्मेलनमा महाकाव्यकार मनिराज जोशी, साहित्यकार यज्ञराज जोशी यात्री, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सिताराम भट्ट, सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष, तीर्थराज पाण्डेय,उपाध्यक्ष रुपा श्वांर, देउडा गायक सुरत रावत डोटेली कान्छा, राजेन्द्र शाह बिपी, साहित्यकार तारा पल्लवी, डिल्लीराज जोशी, तोयनाथ भट्ट, डिल्लीराज ओझा, गणेश नेपाली, भिमदत्त बिनाडी, शीतल खड्का,शिव नारायणी दहित, पुष्पराज पाण्डे अभिभावक,विद्यार्थी,लगायतको उपस्थिति रहेको थियो ।