काठमाडौँ ।काठमाडौँ महानगरका प्रमुख बालेन साहमाथि महानगरकी वरिष्ठ कानुन अधिकृत शस्मिता घिमिरेले मानसिक पीडा दिएको आरोप लगाएकी छन्। घिमिरेले बालेनले आफूलाई कार्यालयमा जिम्मेवारी विहिन बनाएको बताएकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर बालेनले आफूलाई मानसिक पिडा दिएको बताएकी हुन्। उनले स्टाटसमा लेखेकी छन्, ‘एउटा राष्ट्रसेवकको नाताले जनताको सेवा गर्न पाउनु मेरो अधिकार हो, विगत लामो समयदेखि मेयर बालेनको प्रशासनमा विना कारण र आधार किन कार्यजिम्मेवारी विहीन बनाएको हो ? सो जान्ने बुझ्ने मौका समेत नदिई कामविहीन बनाएर कार्यालय जाँदा बस्ने कुर्सी टेबल समेत नदिई कामै गर्न नदिएर राखिएकाले बाध्य भई आफ्नो कानुनी र पेशागत हक, अधिकारका लागि बाहिर निस्कनु परेको हो।’
‘आफ्नो स्थायी कर्मचारीको स्वास्थ्य संवेदनशीलतालाई समेत ध्यान नदिई दिनभर बाहिर राखी मानसिक टर्चर र महिला कर्मचारी भएको नाताले कार्यालयगत हिंसा गर्नुको कारण के होला रु’ भनेर उनले प्रश्न गरेकी छन्।