काठमाडौं । सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाल समेतको उपस्थितिमा दुग्ध विकास संस्थान, डेरी उद्योग र दुग्ध किसानका प्रतिनिधिहरुबीच पाँच बुँदे सहमति भएको हो । सहमतिसँगै किसानहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
शनिबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा किसान प्रतिनिधिहरुसहित भएको वार्तामा किसानहरुलाई उद्योगीहरुले २१ चैत २०८० सम्म सबै बक्यौता तिरिसक्ने लगायतका सहमति भएको हो ।