काठमाडौँ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने जानकारी गराएका छन् । सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै पाण्डेले यस्तो जानकारी गराएका हुन् ।
'आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै । सानो मन्त्रीमण्डलले आज शपथ लिनेछ,' पाण्डेले लेखेका छन् ।एमालेबाट पदम गिरीले मन्त्रीको शपथ लिने उनले लोकान्तरलाई जानकारी दिए ।
अब एमाले, माओवादी र रास्वपाको सरकार बन्ने भएको छ । प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्मार्णमा लागि १३८ जना सांसद आवश्यक पर्छ।