काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सकिएको छ। सोमबार बिहान बसेको बैठकले समसामयिक राजनीतिक विषयमा तत्काल निर्णय लिनुपर्ने भएमा लिनसक्ने अधिकार सभापति रवि लामिछानेलाई दिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
दलहरूबीच नयाँ राजनीतिक गठबन्धन निर्माणको तयारी चलिरहेको बेलामा रास्वपाले सम्पूर्ण अधिकार सभापति लामिछानेलाई दिएको हो।
सोमबार बिहान मात्रै एमालेको सचिवालय बैठक पनि बसेको थियो। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ घटनाक्रम विकास हुन सक्ने अवस्था देखिएको बताएका छन्।