काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन्। मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल गर्न अहिले माओवादीको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका छन्।सरकारमा कांग्रेसका ९,माओवादी केन्द्रका ४ जना मन्त्री छन्।
आज एमालेबाट प्रमुख सचेतक पदम गिरी सरकारमा जाने टुंगो लागिसकेको छ। माओवादी केन्द्र, रास्वपा र जसपाबाट एकरएक जना मन्त्री जाने तय भएपनि को जाने भन्ने बारेमा टुंगो लागिसकेको छैन।