काठमाडौँ । नयाँ गठबन्धनबाट संघीय सरकार गठन गर्ने समझदारी बनेसँगै प्रदेशहरूमा पनि नयाँ गठबन्धन दलहरूबाटै मुख्यमन्त्री बनाउने तयारी भएको छ।
सत्ताघटक नेकपा माओवादी केन्द्रको बालुवाटारमा सोमबार बसेको पदाधिकारी बैठकमा नयाँ गठबन्धनअनुसार संघीय सरकार र प्रदेश सरकार गठन गर्ने ब्रिफिङ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।नेपाली कांग्रेससँगको गठबन्धन टुटेसँगै प्रदेशहरूमा मुख्यमन्त्री फेरिने भएका छन्।
कोशीमा कांग्रेसका केदार कार्की, मधेसमा जसपाका सरोजकुमार यादव, बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेस सुरेन्द्रराज पाण्डे, कर्णालीमा माओवादीका राजकुमार शर्मा, लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी, सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्।