काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्रमा मदिरा र मासुको बिक्री वितरणमा रोक लगाएको छ। महाशिवरात्रि पर्वका अवसरमा असहजता ननिम्त्योस् भनी काठमाडौँ प्रशासनले पाशुपत क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक लगाएको हो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार सूचना जारी गर्दै यही फागुन २३ गतेदेखि २७ गतेसम्मका लागि पशुपतिनाथ आसपासका क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा रोक लगाइएको जानकारी दिएका छन्। प्रशासनको सूचनालाई बेवास्ता गरे कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।