काठमाडौँ । नेकपा एमालेले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ। एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक र सुनिता बराललाई सचेतकमा नियुक्त गरेका हुन्।
बर्तौला यसअघि एमालेका सचेतक थिए। प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री बनेपछि बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो। बर्तौला मकवानपुर–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने बराल समानुपातिक सांसद हुन्।