काठमाडौं - इलामा २ को उपनिर्वाचनमा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । उनी एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् । गत भदौ २६ गते नेम्वाङको निधन भएपछि एमालेले उनकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको हो ।
नेकपा एमालेको उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालको सचिवालय बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उमेदवार बनाउने निर्णय गरे हो । सुहाङ, पेशाले अधिवक्ता हुन् ।