काठमाडौं – अष्ट्रेलियाको लिभिङ कष्ट (जिवनयापन लागत) एक वर्षभित्रै २ पटक बढेको छ। ६ महिना अघिमात्र २१ हजार ४१ डलरबाट बढेर २४ हजा ५ सय ५ डलर पुगेको थियो।
अहिले यो लागत बढेर २९ हजार ७ सय १० पुगेको छ। एकवर्षभित्रै करिव ४१ प्रतिशतले लिभिङ कस्टमा बढोत्तरी हुनुलाई सरोकारवालाले आश्र्चयको रुपमा लिएका छन्।
खाना तथा आवासलगायतका वस्तुहरुको खरिदका लागि लाग्ने मुल्यको आधारमा लिभिङ कस्ट तय हुने गरेको छ । पछिल्लो समय अष्ट्रेलियामा आवास निर्माणका लागि लाग्ने खर्चमा बढोत्तरी भएपछी त्यसको असर लिभिङ कस्टमा परेको बताईन्छ ।
पहिले १ लाख ६० हजार डलरमा आवास निर्माण हुने गरेकोमा अहिले बढेर २ लाख डलर पुगेको छ । यसैगरी शिक्षा, स्वास्थ्य, यातायातलगायतको खर्चमा पनि बढोत्तरी भएका कारण लिभिङ कस्ट बढेको हो ।