काठमाडौं - भारतीय सञ्चारमाध्यमको पछिल्लो रिपोर्टलाई विश्वास गर्ने हो भने नेटफ्लिक्सले ‘द ग्रेट इण्डियन कपिल शर्मा शो’को पाँचौं एपिसोडपछि यसलाई बन्द गर्ने निर्णय गरेको छ । नेटफ्लिक्सले पहिलो एपिसोड प्रसारण भएको पाँच हप्ताभित्र शो अन्त्य गर्ने निर्णय गरेको विवरणमा उल्लेख छ ।
ओटीटी स्रोतका अनुसार यसको अन्तिम एपिसोड छायांकन भइसकेको छ, त्यसपछि मात्र शोको सेट हटाउने काम सुरु भएको छ । शोका लागि कपिल शर्माले प्रति शो करिब ५ करोड भारु पारिश्रमिक लिएको स्रोतले खुलासा गरेको छ ।
शोमा सबैभन्दा बढी प्रशंसा पाएका अभिनेता सुनिल ग्रोवरले प्रति एपिसोड २५ लाख मात्रै पाएका छन् । नेटफ्लिक्सले कति पैसा बाँडेको छ भन्ने थाहा पाउनका लागि सोफामा बसेर हाँसेबापत अर्चना पूरन सिंहलाई प्रति एपिसोड १० लाख भारु दिने गरेको खुलासाले नेटफ्लिक्समा हंगामा मच्चाएको छ ।
यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने नेटफ्लिक्स वेब–सिरिजको टोलीले कपिल शर्मा शोका मालिक बेला बजारिया एक साताअघि भारत पुग्दा भेटघाटको विशेष व्यवस्था गरेको थियो । तर ठूलो बजेट हुँदाहुँदै पनि शोप्रति दर्शकमा सकारात्मक वातावरण नरहेको भन्दै बेला बजारियाले नै भारत छोडेर शो बन्द गर्ने निर्णय गरेको बताइएको छ ।
बेला बजारियाको आगमनसँगै नेटफ्लिक्सको मुम्बई कार्यालयमा निकै उत्साहपूर्ण वातावरण देखिएको थियो ।
नेटफ्लिक्सले त्यतिबेला ‘द ग्रेट इन्डियन कपिल शो’ लगातार चार हप्तासम्म आफ्नो ग्लोबल सूचीमा गैरअंग्रेजी कार्यक्रमको शीर्ष १० सूचीमा रहने पहिलो भारतीय वेब सिरिज भएको खुलासा गरेको थियो । दर्शकले माया गरेको दाबी पनि त्यतिबेला गरिएको थियो ।
तर इण्डियन एक्सप्रेसले चाहिं नेटफ्लिक्सको विश्वव्यापी र्यांकिङमा यो शो पर्न नसकेको र भ्युअर्ससिप घटेको उल्लेख गरेको छ ।
अहिले कपिल शर्मा कलर्स टिभीको अन्ताक्षरी कार्यक्रमको होस्ट बन्ने प्रयासमा छन् तर उनको घट्दो ब्रान्ड भ्यालुका कारण यो कार्यक्रमका लागि प्रायोजक पाउन ठूलो चुनौती छ ।