काठमाडौं - अर्को महिना हुने आईसीसी टी-२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्टइण्डिजतर्फ जादैछ । बाँकी १२ जनाको टोली आइतबार जानेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति नै नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको थियो । शुक्रबार नेपालले वेष्टइण्डिज ए सँगको पाँचौं तथा अन्तिम टी-२० खेल खेल्दै ६ विकेटको जित हात पारेको थियो । शनिबार राति २ बजे ७ खेलाडी र ४ अफिसियल गरी कतार हुँदै वेष्टइण्डिजतर्फ लाग्नेछन् ।
शनिबार राति जाने टोलीमा ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, स्पिनर ललितनारायण राजवंशी, फिटनेश ट्रेनर अब्दुल सतार, सहायक प्रशिक्षक वसन्त शाही, ब्याटिङ प्रशिक्षक नन्दन फिड्निस, म्यानेजर प्रदीप मजगैयाँ र बलिङ प्रशिक्षक रोडिरिक इस्ट्विक छन् ।
आइतबार दिउँसो जाने टोलीमा कप्तान रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, प्रतिश जिसी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, कुशल मल्ल, मुख्य प्रशिक्षक मोन्टी देशाई, टेक्निकल एनालिष्ट रमन शिवाकोटी र फिजियो बिक्रम न्यौपाने छन् ।