काठमाडौँ - कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । माओवादी केन्द्का सांसद सहित ५२ सांसदको समर्थनमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेपछि कार्कीले आज बिहान मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।
सांसदहरुको सनाखतपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरेका हुन् । यता निवर्तमान मुख्यमन्त्री भने सरकार गठन आह्वानका विरुद्ध सर्वोच्च अदालत गएका छन् ।