डेनमार्ककी सिग्रिड उन्डसेट साहित्यको क्षेत्रमा जीवन समर्पित गरेकी व्यक्ति हुन्। उनको जन्म २० मे १८८२ मा पिता इंगमाल्ड मार्टिन उन्डसेट र आमा चार लोट्टे उन्डसेटको गर्भबाट भएको हो।
उनका बाबु एक प्रख्यात पुरातत्व शास्त्री थिए। उनकै प्रेरणाले सिग्रिडले सानैदेखि लेखन कार्यलाई गति दिईन,इतिहासको अध्ययन गर्न थालिन त्यसमा पनि उनको रुची संस्कृति र साहित्यप्रति बढ्यो र साहित्य संगितको गहिरो अध्ययन सुरु गरिन।
उनी जन्मेको २ वर्षमै उनको परिवार डेनमार्कबाट आस्लेमा बसाई सर्यो। उनले त्यहिबाट साहित्यिक यात्रा आरम्भ गरिन र छोटो समयमै एउटा सफल साहित्यकारका रूपमा स्थापित हुन पुगिन। सन १८९३ मा उनका बाबुको मृत्यु भयो, परिवारको भरणपोषण र रथ हाँक्ने बाबुको निधनले उनको परिवारमा आर्थिक संकट उत्पन्न भयो।
कमाउनै पर्ने वाध्यताका कारण उनी एउटा कार्यालयमा सहायक स्तरमा काम गर्न थालिन र परिवारको कमजोर आर्थिक अवस्थालाई धान्ने काम गरिन। यससंगै सन् १९०७ मा उनको पहिलो कृतिका रूपमा उपन्यास प्रकाशित भयो।
त्यसको दुईवर्षपछि दोश्रो कृति गुनार्स डटर प्रकाशित भयो यो पहिलो ऐतिहासिक उपन्यास थियो। राम्रो लेखकको हैसियत प्राप्त गर्दै उनले सरकारी वृति प्राप्त गर्न थालिन र उनले आफ्नो जीवन लेखनमैं समर्पित गर्न थालिन।
उनको विवाह नर्वेका चित्रकार एन्डर्स कास्टुन स्वस्टाडसंग भयो, विहेपछि उनीहरू लण्डनमा बस्न गए र पछि ईटलीको रोममा सरे। उनीहरूका तर्फबाट एक छोरा र एक छोरी जन्मे। साहित्यको श्रीवृद्धिका लागि अनवरत रूपमा लाग्दालाग्दै १० जुन १९४३ मा उनको मृत्यु भयो । एउटी सफल महिलाको गाथाबाट समाजले प्रेरणा प्राप्त गर्न सक्दछ।