के हाम्रो अध्ययन कक्षको वास्तु मिलेको छ त? हाम्रो अध्ययन कक्ष वास्तुशास्त्र अनुसार मिलेको छ भने विद्यार्थी र शिक्षार्थीलाई पढ्न मन लाग्ने, स्मरणशक्ती बढ्ने र क्रिएटिविटीको पनि विकास हुने हुन्छ।
जानौँ यी वास्तु शास्त्रको उपयोगी टिप्सहरूः
१. अध्ययन कक्षमा माता सरस्वतीको फोटो, हाँस, हरियो सुगा या महापुरुषहरूको तस्वीर लगाउन सकिन्छ, जसले पढ्नमा रुचि बढाउँछ।
२. अध्ययन गर्ने समयमा दक्षिण तथा पश्चिमको भित्तातर्फ पीठ फर्काई पूर्व या उत्तराभिमुख भएर बस्नु पर्दछ, यस्तो गर्दा स्मरण शक्ति बढ्नेछ।
३. पढ्न बस्दा आफ्नो पीठ पछाडि ढोका वा झ्याल हुनुहुन्न र अध्ययन कक्षको ईशान कोण खाली र खुल्ला नै राख्नु पर्दछ।
४. अध्ययन कक्षमा फोटो लगाउनु परे उत्तर तर्फ मात्र फोटो लगाउनु पर्दछ, अन्य दिसमा फोटो लगाउनु त्यति उपयुक्त हुँदैन।
५. घरको उत्तर तर्फको भित्तामा हरियाली, सुगा या उडेको पक्षीहरूको शुभ चित्र लगाउँदा राम्रो हुन्छ, यस्तो गर्नाले शिक्षार्थीसहित घरका सबै सदस्यहरूको एकाग्रतामा बृद्धि हुन्छ।
६. अध्ययन कक्षमा कुनै पनि प्रकारका गन्हाउने या वातावरण नै बिगार्ने खालका पर्फ्युम या सेन्टको प्रयोग गर्नाले पढाईमा मन कम लाग्दछ।
७. वास्तुकारहरूले जम्पिंङ फिश, डल्फिन या माछाको जोडी फोटो लगाउने सल्लाह दिन्छन्, तर स्मरण रहोस् उपरोक्त कुनै एउटा मात्र चित्र लगाउनु पर्छ।
८. यसको अतिरिक्त मयूर, वीणा, कलम, किताब, या माछाको तस्वीर लगाउन सकिन्छ, यसो गर्नाले विचार र भावलाई राम्रो बनाउँछ।
९.घरको पूर्व, ईशान, उत्तर, वायव्य, पश्चिम र नैऋत्य कोणमा अध्ययन कक्ष बनाउन सकिन्छ। यसमा पनि विशेष गरि पूर्व, उत्तर र वायव्यकोण उत्तम मानिन्छ।
१०. गाढा रङ्ग अध्ययन कक्षको भित्तामा प्रायोग नगरेकै राम्रो हुन्छ, गाढा रङ्गको प्रयोगले स्मरण शक्तिमा ह्रास आउँछ।
११. अध्ययन कक्षको भित्ताको रङ्ग सेतो, पिंक, आकाशे या क्रिम कलरको होस्, यसले विचार र भाव राम्रो बनाउँछ