काठमाडौँ - नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनले लामिछानेलाई सफाई दिएसँगै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको हो । क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि भएको निलम्बन फुवुका भएको जनाएको हो ।
‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ’, विज्ञप्तिमा भनिएको छ ।
अदालतबाट पाएको सफाइसँगै क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको छ ।