काठमाडाैँ - सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने नेपाली कांग्रेसको अडानलाई अन्य विपक्षी दहहरुले पनि ऐक्यबद्धता जनाएका छन् । शुक्रबार नेपाली कांग्रेसले बोलाएको विपक्षी दलका शीर्ष नेताको बैठकले छानबिन समिति बनाउने विषयमा सहमती जनाएका हुन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दहरुको बैठकले सहकारी ठगि प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउने विषयमा ऐक्यबद्धता जनाएका हुन् ।
नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा संसद्मा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित भएको हो ।
बैठकमा जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं शीर्ष नेता सहभागी थिए ।