भौतिक सुख–सुविधाले हरेक मानवको जिवनमा महत्व राख्छ। कति व्यक्तिहरुले यी कुराहरु सहजै पाउँछन् भने कति व्यक्तिले निकै कडा परिश्रम गर्नुपर्छ। यस्तोमा स–सानो वास्तु टिप्सले तपाईको जिवनमा परिवर्तन ल्याउन सक्छ।
वास्तु टिप्सः पैसा हाम्रो जिवनको एक महत्वपुर्ण हिस्सा हो। कतिपय मान्छेहरुले पैसा कमाउनको लागि निकै मेहनत गर्नुपर्छ। आउनुहोस हामी तपाईलाई बताउछौ वास्तुको अनुसार धन, उन्नती र आर्थिक समृद्धि बढाउनका लागि घरमा नै के के उपाय अपनाउन सकिन्छ।
– उत्तर, पुर्व र उत्तर–पुर्व दिशामा राख्नुहोस कुबेर यन्त्रः
वास्तुको अनुसार भगवान कुबेर धन र समृद्धिका देउता हुन र उत्तर–पुर्व दिशा भगवान कुबेरद्वारा शाषित दिशा हो। यो दिशाबाट सबै खालका अवरोधहरु जस्तै जुत्ता राख्ने दराज, अथवा अन्य कुनै फर्निचर तुरुन्त हटाईदिनुपर्छ। वास्तु शास्त्रका अनुसार, घरको उत्तर दिशाको पर्खालमा लगाइएको एउटा ऐना वा कुबेर यन्त्रले नयाँ आर्थिक अवसरहरुलाई सकृय बनाउन मदत गर्न सक्छन।
– दक्षिण–पश्चिम क्षेत्रमा राख्नुहोस धनः
वास्तु शास्त्रको अनुसार आर्थिक स्थिरताको लागि सर्वोत्तम उपाय हो, घरको दक्षिण–पश्चिम दिशामा आफ्नो धन राख्नु। सबै गहना, धन र महत्वपुर्ण आर्थिक कागजात यहि दिशामा राख्नुपर्छ। यो दिशामा राखिएको हरेक चिज कैयौँ गुणाले बढ्नेछ।
– घरलाई अव्यवस्थित नराख्नुहोसः
वास्तुको अनुसार घरमा फैलिएको उर्जाको असर सम्बन्ध, स्वास्थ्य र अर्थमा पर्ने गर्छ। यसैले जरुरी छ की तपाईको घर अव्यवस्थित नहोस। यसबाहेक झ्याल, ढोका पनि सफा राख्नुहोस र स्टोर पनि सफा हुनुपर्छ।
– मुख्य ढोका ठिक रहोसः
वास्तु शास्त्रका अनुसार तपाईको घरको प्रवेशद्वार तपाईको मुख्य विशेषतामध्येको एक हो। यो त्यो स्थान हो, जसले सकरात्मक उर्जा, धन र समृद्धिको स्वागत गर्छ। यसैले ढोकालाई आकर्षक रुपले निर्माण गर्नुपर्छ। निश्चित गर्नुहोस की ढोकामा कुनै चिरा, वा दोष नहोस र ताल्चाले सजिलै काम गरोस।
– उत्तर–पुर्वमा राख्नुहोस सानो अक्वेरियमः
उत्तर–पुर्वमा घरभित्र पानीको सानो वस्तुहरु राख्नाले धन र सकरात्मक उर्जाको गति राम्रो हुन्छ। वास्तुको अनुसार, घरमा एउटा अक्वेरियम वा एउटा सानो पानीको कुनै शो पिस निक शुभ मानिन्छ।
– उत्तर–पुर्व वा दक्षिण–पुर्वको कुनामा राख्नुहुदैन पानीको ट्याङ्की:
घरको उत्तर–पुर्व वा दक्षिण–पुर्वको कुनामा पानीको ट्याङ्की राख्नुहुदैन। यसले जिवनमा एकदम धेरै दवाव र स्वास्थ्यमा खराब असर पार्छ। जस्तो की गम्भिर टाउको दुखाई, छातीमा दुखाई, मुटु र पेटसम्बन्धि समस्या, बिग्रदो मानसिक स्वास्थ्य आदी।
– पानीको चुहावट नहोसः
वास्तु शास्त्रअनुसार भान्सा, वाथरुम र यहाँसम्म की बगैँचामा पानीको चुहावट पैसाको चुहावट मानिन्छ र यसले आर्थिक नोक्सानीको संकेत गर्छ। पर्खालबाट पानी बग्नु वा घरभित्र विग्रिएको पाइपलाईनलाई तुरुन्तै मर्मत गर्नुहोस।
- दक्षिण–पश्चिम दिशामा नहोस शौचालयः
यदि शौचालय वास्तु शास्त्रअनुसार बनेको छैन भने यसले आर्थिक हानी मात्र गराउनेछ। यतिमात्र होइन, स्वास्थ्यमा पनि समस्या ल्याउछ। सम्भव भएसम्म शौचालय र स्नानघर बेग्लै बनाउनुहोस। घरको उत्तर–पश्चिम वा उत्तर–पुर्व दिशामा शौचालय तथा स्नानघर बनाउनु राम्रो मानिन्छ।