प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताए।
नेकपा(माओवादी केन्द)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पुस्तक बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहमति र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरेका हुन्।
‘प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ,’ उनले भने, ‘भोलिसम्म सदनको अवरोध हट्ने छ।’
उनले बिहान प्रमुख प्रतिपक्ष दलसँग छलफल गरेको जानकारी दिए। 'बिहानसम्म कतै न कतै एउटा टुंगोमा पुगोस् भनेर लागेको छु, यो हुन्छ भन्ने विश्वास छ, यसले नीति तथा कार्यक्रम पास गर्न पनि सहज होस् र विश्वासको मत लिन पनि सहज बनाओस् भन्ने हो । मेरो जोड यसमै छ,' उनले भने।