छोरो झ्याप भएर घर आएछ
घरमा थाहा पाउछन भनेर हत्त न पत्त ल्यापटप खोलेर पढ्न बसे जस्तो गरेछ।
बाउ : आज पनि धोकेर आइस हैन त गधा?
छोरो : हैन बुवा, पढिराको छु।
बाउ : तलाई गधा, सुटकेश खोलेर के पढ्दै छस ह ?
श्रीमान श्रीमतीको झगडा भएछ,
श्रीमान : (फोन गरेर) आज खानामा के छ ?
श्रीमती : विष
श्रीमान : त्यसो भए तिमी खाएर सुत, म बाहिरै खाएर आउछु।
एउटा जड्याहा हल्ला गर्दै हिडिराको बेला पुलिसले समातेछ,
पुलिस : तैले यति धेरैरक्सी किन खाएको?
जड्याहा : बाध्यता पर्यो साब।
पुलिस : के बाध्यता?
जड्याहा : बोतलको बिर्को हराएपछि मैले के गर्ने त साब?