गण्डकी - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई नियुक्त गरेका हुन् ।
सोमबार सर्वोच्च अदालतले ४८ घण्टाभित्र धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परामदेश दिएपछि पाण्डे नियुक्त भएका हुन् ।