पाेखरा - गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा र राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले देवकोटा र मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
मन्त्रीमण्डलमा देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको रुपमा शपथ लिएका छन् भने मनाङेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रुपमा शपथ लिएका हुन् । मनाङे योसँग ६ पटक मन्त्री बनेका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुनुअघि उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका दुई, माओवादी संसदीय दलका सदस्य नेसपा नेता देवकोटा र स्वतन्त्र सांसद मनाङेले विश्वासको मत दिएका थिए ।