जेठ २२ गते प्रतिब्यारेल ७७=५२ डलर रहेको ब्रेन्ट कच्चा तेलको भाउ हाल ८१ डलर नाघेको छ । सोही अवधिमा डब्लूटीआई कच्चा तेलको भाउ ७३=२५ बाट ८१=५ डलर पुगेको छ । दुई साताको अवधिमा मुर्बान तेलको भाउ प्रतिब्यारेल ७८=०६ बाट ८४=६ डलर कायम भएको छ ।
अमेरिकाले मौज्दात केही बढाउन थालेसँगै मूल्यवृद्धिमा टेवा पुगेको हो । अमेरिकी पेट्रोलियम इन्स्टिच्युट -एपीआई_ को तथ्यांकअनुसार एक सातामा अमेरिकी मौज्दात २२ लाख ब्यारेल बढेको छ । जसले गर्दा कच्चा तेलको भाउ बढ्न पुगेको सञ्चामाध्यम आयलप्राइसले जनाएको छ । त्यस्तै ओपेक प्लसले यो वर्षको अन्त्यतिर तेलको उत्पादन थप कटौती गर्ने संकेत गर्नुले पनि मूल्य बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनले नेपालमा पनि असर पार्दछ । कच्चा तेलको मूल्य घट्दा भारतीय आयल कर्पोरेसनले नेपाललाई दिने तेलको मूल्य पनि घट्न जान्छ । परिवर्तन भएको मूल्यअनुसार नेपाल आयल निगमले १५–१५ दिनमा नयाँ मूल्य तय गर्दै आएको छ ।