बलिउड अभिनेता सलमान खानले फिल्म 'सिकन्दर' को छायांकन सुरू गरेका छन्।
सलमानले आफै एक तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। सलमानले सार्वजनिक गरेको तस्बिरमा निर्देशक एआर मुरूगादास र निर्माता साजिद नाडियाडवाला पनि देखिएका छन्।
'सिकन्दरको टिमका साथ २०२५ इदको पर्खाइमा छु,' सलमानले लेखेका छन्।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार मंगलबार फिल्मको लागि लुक टेस्ट गरिएको थियो। फिल्ममा रश्मिका मन्दनाको पनि अभिनय रहने बताइएको छ। तर अहिलेसम्म फिल्म सम्बन्धि अन्य जानकारी दिइएको छैन।
यस फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन्। यसअघि उनले सलमानसँग 'मुझसे शादी करोगी', 'किक' जस्ता फिल्ममा काम गरेका थिए।
सलमान पछिल्लो समय 'किसीका भाइ किसीकी जान' मा देखिएका थिए। फरहाद सामजीले निर्देशन गरेको फिल्ममा पूजा हेगडे, वेंकटेश, शहनाज गिल, राघव जुयाललगायत कलाकार देखिएका थिए।