नेपाली डान्स क्रु वाइल्ड रिपर्ज क्रुु का सुरेन्द्र राई र सुसन तामाङले ुगिनिज बुक अफ वर्ल्ड रेकर्डु मा आफ्नो नाम दर्ता गराएका छन्। नृत्य निर्देशकद्वय उनीहरूले अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर विश्व कीर्तिमान राखेका हुन्।
यी दुईले १९ मे, २०२४ मा नेपालको सोलुखुम्बुस्थित कालापत्थरमा जोडी नृत्य गरेका थिए। उनीहरूले ५,४४१ मिटर उचाइमा नृत्य गरेर रेकर्ड बनाएका हुन। कालापत्थरको उचाइ ५६४४.५ मिटर छ।
सुसन र सुरेन्द्रले ‘मन मगन’ गीतमा साढे दुई मिनेट नृत्य गरेका थिए। सुसन र सुरेन्द्रको यो प्रयासलाई रंग दिन अन्य सहयोगी हातहरु पनि उनीहरुसंगै काला पत्थर पुगेका थिए।
उनीहरुको यो प्रयासलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ ले अनुमोदन गर्दै आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड प्रमाणपत्र प्रदान गरेको छ। रेकर्ड राख्न सफल भएपछि सुरेन्द्र र सुसनले आफूहरूले हिमाल र वातावरण संरक्षण, हिमाली जैविक विविधताका विषयमा जनचेतना फैलाउन र नेपालको पर्यटन प्रवद्र्धनका लागि यो कीर्तिमानी प्रयास गरेको बताएका छन्। सुरेन्द्र र सुसनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा यो कीर्तिमानी प्रयास गरेका थिए। गिनिजका तर्फबाट नेपालका आधिकारिक प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा यो कार्यक्रम सम्पन्न भएको हो।