काठमाडौं । नवीकरणीय ऊर्जा तथा दक्षतासम्बन्धी विधेयक २०८१ राष्ट्रिय सभा पेस भएको छ ।
आइतबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा दक्षतासम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेस गरेका हुन् । यो विधेयक ३१ असार २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । आइतबार सभामा विधेयक पेस गर्दै ऊर्जामन्त्री बस्नेतले नागरिकका आधारभूत आवश्यकताका लागि सुलभ मूल्यमा ऊर्जाको आपूर्ति सुनिश्चित गर्न विधेयक ल्याएको बताए ।