नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले बजेटमाथिको छलफलमा पंचायतकालीन विरासत तोड्न नसकिएको बताएका छन् ।
क्रान्ति गरेर आएको शक्ति र नयाँ भनिएको शक्तिललले समेत पंचायतकालीन विरासत तोड्ने हिम्मत गर्न नसकेको र बजेट वितरणमा असहानातालाई निरन्तरता दिएको उनको टिप्पणी छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले बजेटमाथि अर्थहीन छलफल लामो हुने गरेको बताए ।
‘हामी जेठ १५ गते बजेट आएपछि लगातार यसमा छलफल गरिरहेका छौं । तर, म कहिलेकाहीँ सोच्छु–यसले हामीलाई पुर्याउँछ कहाँ: यत्रो लामो छलफल बहस गरेपछि पुगिन्छ कहाँ: हुन्छ के:’ उनी भन्छन्, ‘बजेटमा परिवर्तन हुन्छ कि हुँदैन केही कुराहरु रु असन्तुलित बजेट काहीँ अबौं अर्बको बजेट काहीँ जिरो बजेटको अवस्थामा परिवर्तन आउछ कि आउँदैन:’ बजेटमा परिवर्तन नआउने हो भने छलफलको कुनै औचित्य नरहेको उनले बताए । ‘यदि बजेटमा आउँदैन भने हामी यो पंचायती कालदेखि यस्तै छलफल गर्ने र यस्तै निष्कर्ष निकाल्ने विरासत बोकेर हिडिँरहेका छौं,’ उनले सरकारको ध्यानाकर्षण गरे ।
पंचायतकालीन विरासत तोड्ने हिम्मत कसैले नगरेको उनको गुनासो छ ।
‘यहाँ क्रान्ति गरेर आका ठूलठूला क्रान्तिकारीहरू पनि यहाँ छौं, नयाँ भनेर नयाँको ट्याग लगाएर आएका पनि छौं भनेसी त्यही पंचायतकालको विरासत लिएर बजेटमा छलफल गर्ने, बसह गर्ने, तर्क गर्ने र उही अन्तमा जे आएका छ काहीँ अबौं अर्ब र काहीँ जिरो बजेटलाई हुन्छ हुँदैन भनेर पारित गर्ने कुरामा परिवर्तन आवश्यक छ’ सांसद आचार्यले भने ।