भारतको उत्तर प्रदेशको झांसी शहरमा एक यूवकले यूवतीको हत्या गरेका छन्।
युवती आफ्नो बिवाहको लागि श्रृँगार गर्न ब्यूटी पार्लर गएकी थिईन। हत्याका आरोपी युवक पनि उनको पछी–पछी आएर सँगै जाने भने। यूवतीले असहमती जनाएपछी ती यूवकले गोली प्रहार गरी यूवतीको हत्या गरेको बताइएको छ।
यूवतीको नाम काजल रहेको जानकारी प्राप्त भएको छ। घटनाको २ मिनट १६ सेकेन्डको सिसिटिभी फुटेज पनि फेला परेको छ। जसमा आरोपी फुटेजको ३१ सेकेन्डमा यूवतीमाथी गोली प्रहार गरेर भागेको देखिन्छ।
पहिले ती यूवक ब्यूटी पार्लरको भित्र गएर बाहिर आएको र फेरी भित्र गएर हत्या गरेर फरार भएको देखिन्छ ।
सिसिटीभी फुटेजको आधारमा प्रहरीले आरोपीलाई पक्राउ गरिसकेको छ। मोबाईल लोकेशन हेरेर प्रहरीले आरोपी दिपक अहिरवारलाई पक्राउ गरेको बताइएको छ।
दिपक काजलकै छिमेकी रहेको प्रहरीले जानकारी दिएको छ।
ब्यूटी पार्लरकी सञ्चालिकाको अनुसार आरोपी दिपकलाई रोकनका लागि उनले ढोका बन्द गरेकी थिईन। तर दिपकले बन्दुकले ढोकाको सिसा फोडी भित्र गएका थिए।
त्यहा उनले काजललाई आफुँसँग हिड्न भने तर, काजलले नमानेपछी आरोपीले काजलको छातीमा गोली हानेका थिए।
काजललाई नजिकको अस्पतालमा लगीएको भएपनि चिकित्सकले तत्काल मृत घोषित गरेका थिए ।
हेर्नुहोस भिडियो ।