टि–ट्वान्टी विश्वकप २०२४ अहिले चरम सिमामा छ । साउथ अफ्रीका र अफगानिस्तानबीच खेलिएको पहिलो सेमीफाइनलपछी अब क्रिकेट प्रशंसकहरुको ध्यान भारत र इङ्गल्याण्डबीच हुने दोश्रो सेमीफाइनलमा छ ।
पहिलो सेमीफाइनलमा साउथ अफ्रीकाले अफगानिस्तानलाई पराजीत गरेर फाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ।
अब आज राती नेपाली समयअनुसार सवा ८ बजे भारत र ईङ्ल्याण्डविच गुयानामा दोश्रो सेमिफाइनल खेलिनेछ । र यो खेलमा वर्षाको खतरा बढेको छ।
म्याचको समयमा ९० प्रतिशत वर्षाको सम्भावना देखिएको छ । जसले गर्दा ईङ्गल्याण्डको समस्या बढेको छ ।
यदि वर्षा भएर यो खेल रद्द भएको खण्डमा भारतीय टिम सिधैं फाइनल प्रवेश गर्नेछ । यसको कारण हो भारतले समुह चरणमा गरेको प्रदर्शन । भारत समुह चरणमा ग्रुप १ को शिर्षमा थियो । जसको फाइदा उसलाई वर्षा भएर खेल रद्द भएको खण्डमा हुनेछ ।