‘‘पानी पर्यो, असिना झर्यो, दाईको ‘कमाल’ भाउजुलाई मनपर्यो..’’
यो लोकप्रिय गितको एउटा मात्र शव्द (रुमालको ठाँउमा कमाल) फेर्दा अहिले ताजा राजनीतीक अवस्था झल्काउछ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापती शेरबहादुर देउवाविच वर्तमान सरकार ढलाउन भएको सहमतीपछी वर्तमान सरकारले विश्वासको मत लिनुपर्ने अवस्था बनेको छ । हालकै अवस्थाले निरन्तरता पायो भने नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत मिलेर सरकार चलाइरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारबाट बाहिरिने छन् ।
अर्थात, केन्द्रदेखी प्रदेशसम्मको राजनीतीमा हलचल देखिनेछ । फेरी नयाँ प्रधानमन्त्री । फेरी नयाँ मुख्यमन्त्री । फेरी नयाँ समिकरण । फेरी नयाँ भागवण्डा । अनि फेरी नयाँ ‘‘घिनलाग्दो’’ राजनितीक खिचातानी ।
ओली, देउवा र प्रचण्डको विगत हेरेर भन्नुपर्दा अहिले नै यहि नै हुन्छ भनेर किटान गर्नु बेकार हो । जगजाहेर छ, यो राजनितीक हलचल राष्ट्रिय हित सोच्ने राजनेताहरुको सोचको होईन, केवल सत्ता र शक्तिलाई आफुँअनुकुल नचाउन मरिमेट्ने राजनितीज्ञहरुको स्वार्थको उपज हो ।
पछिल्लो समय भइरहेका भाषणवाजीहरुले नै यस्ताृ अवस्था आउने गन्ध फैलिइसकेको थियो । वर्तमान सरकार टिक्दैन भन्ने सन्देश प्रचण्ड, ओली र रवीहरुले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा दिइरहेकै थिए ।
सरसर्ती हेर्दा यो अवस्था ‘‘चार अ’’ को उपज हो। ‘‘चार अ’’ अर्थात अस्थिर प्रचण्ड, असन्तुष्ट ओली, अवसरवादी देउवा र आलाकाँचा रवी ।
हामीले वर्तमान सरकार ढल्नु कारण केलाइरहँदा बिर्सन नहुने कुरा के हो भने सरकार ‘‘कारण’’ले भन्दा पनि ‘‘काण्डहरु’’ले गर्दा ढलेको हो ।
जस्तै नक्कली भुटानी शरणार्थी काण्ड, गिरिबन्धु टि–स्टेट काण्ड, टिकापुर जग्गा घोटाला काण्ड, सुन तस्करी काण्ड, शिरोहीया काण्ड, बाँसबारी काण्ड.... यस्ता अनेक काण्ड ।
‘‘केपी बा’’ र ‘‘शेरबहादुर दाई’’ले सत्ता पल्टाउन मध्यरातमा गरेको कमाल पक्कै पनि ‘‘आरजु भाउजु’’लाई औधी मनपरेको हुनुपर्छ ।
आखिर यी मध्येका केहि काण्डहरुमा भाउजुको नाम पनि त मुछिएको छ ।