स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।
यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकोमा सोही परिमाणको तेजाबी सुन आजका लागि एक लाख ४३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा र ४० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मोल आजका लागि भने एक हजार आठ सय ६५ रुपैयाँ निर्धारण भएको छ ।