बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार एउटा अप्रिय घटना घट्यो।
एक युवतीले आफ्नो प्रेमीलाई मुम्बई जानबाट रोक्न विमानस्थलको हेल्पलाइन नम्बरमा बम रहेको झूठो खबर दिएपछि विमानस्थलमा हंगामा मच्चियो।
बिहानको समयमा, एक युवतीले विमानस्थलको हेल्पलाइनमा फोन गरी भनिन्,‘‘मुंबई जाने फ्लाइटका एक यात्रुको ब्यागमा बम छ, विस्फोट हुनबाट बचाउन सकिन्छ भने बचाउ।’’ यो खबर सुन्नासाथ विमानस्थलका कर्मचारीहरु अधिकारीहरू अत्तालिए र तुरुन्तै आपतकालीन अलार्म बजाए। यात्रुहरूलाई जहाँ छन् त्यहीँ रोक्न आदेश दिइयो र विमानस्थलको एक–एक कुना जाँच्न थालियो।
बम स्क्वाड र डग स्क्वाडलाई पनि बोलाइयो, तर जाँचको क्रममा कुनै संदिग्ध वस्तु फेला परेन। हेल्पलाइन नम्बरमा आएको फोनकल ट्रेस गर्दा उक्त नम्बर एक युवतीको रहेको खुल्यो। पुलिसले सोधपुछ गर्दा, उनले आफ्नो प्रेमीलाई मुम्बई जानबाट रोक्न यो फोन गरेको बताइन्।
मिडिया रिपोर्टका अनुसार, युवतीविरुद्ध सार्वजनिक उपद्रवका लागि उक्साउने अभिव्यक्ति मुद्दा दर्ता गरिएको छ। अभियुक्त युवतीको परिचय इन्द्रा राजवर रहेको खुलेको छ। उनी पुणेको रहेको र बेंगलुरुमा काम गर्दै आएकी थिइन।
प्रहरीका अनुसार, इन्द्राको प्रेमी मीर रजा मेहदी बेंगलुरुबाट मुम्बई जाँदै थिए। दुबैजनाले मुम्बई जानका लागि फ्लाइट बुक गरेका थिए, तर छुट्टाछुट्टै फ्लाइटबाट जानुपर्ने थियो।
प्रहरी स्रोतका अनुसार, दुबैजना एयरपोर्टसँगै आएका थिए, तर कुराकानी गर्दै गर्दा दुबैजना बीच विवाद भयो। इन्द्राले मुम्बई जान अस्वीकार गरिन् र प्रेमीलाई पनि रोक्नका लागि एयरपोर्ट हेल्पलाइन नम्बरमा फोन गरिन्। सुरक्षाकर्मीहरूले रजा मीरको ब्यागको जाँच गरे, तर केही संदिग्ध वस्तु फेला परेन।
प्रेमिकाको यस्तो कार्य देखेर मीर धेरै रिसाए र प्रहरीले अगाडि नै प्रेमिकालाई कुटपिट गरे र जान्छु भने। पुलिसले घटनामा आवश्यक कारवाही गरिरहेको छ