काठमाडौं – चपलि हाइट फेम निर्माता अर्जुन कुमारले नयाँ फिल्म घोषणा गरेका छन्।
उनले नयाँ फिल्म सानो संसारको शुभमुहुर्त पनि गरिसकेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत समेत यसको जानकारी गराएका छन्।
यस फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गर्नेछन्। यो उनले निर्देशन गर्न लागेको पहिलो सिनेमा समेत हो।
यता कलाकारहरुतर्फ पनि सीतादेवी तिमल्सिनाले डेब्यू गर्ने भएकी छन्। उनी चर्चित कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाकी श्रीमती हुन। सीताले नै सिनेमाको मुहूर्त सट दिएकी थिइन्।
सीताबाहेक सानो संसारमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटी आदिको अभिनय रहनेछ। यी सबै कलाकार नयाँ हुन। यसै सिनेमाबाट उनीहरुले आफ्नो ठुलो पर्दाको यात्रा शुरु गर्न लागेका हुन।
जेठको अन्तिम साताबाट फ्लोरमा जाने सिनेमाको छायांकन काठमाडौं, धादिङ र नुवाकोटमा हुने अर्जुनले बताए। सिनेमा असोज १७ गते घटस्थापनामा रिलिज हुनेछ।
फिल्ममा नामअनुसारकै सानो परिवारको कथा रहेको निर्देशक निर्देशक पुडासैनीले बताए।