काठमाडौं – स्वामी आनन्द अरुणको सहभागीतामा काठमाडौं नागार्जुस्थित तपोवनमा ध्यान शिवीर हुने भएको छ।
यहि जुलाई १२ देखी १८ सम्म आयोजना हुने शिवीरलाई ‘ट्रान्सफरमेसन क्याम्प नाम दिइएको छ। सात दिने शिवीरमा ध्यान, योग, सत्संग, प्राणायाम, शक्तिदर्शन लगायत हुने आयोजकले जानकारी दिएका छन्।
स्वामी आनन्द अरुणसँग ध्यान गर्न ईच्छुकहरुका लागि यो शिवीर राम्रो अवसर रहेको आयोजकले उल्लेख गरेका छन्। स्वामी आनन्द अरुणको सत्संग हिन्दी र अँग्रेजी भाषामा सञ्चालन हुने र ध्यान शिवीर नेपाली, हिन्दी र अँग्रेजी भाषामा सञ्चालन हुने बताइएको छ।