काठमाडौं – गायिका अन्जु पन्तकी छोरी परितोशिकाले रङ्गमञ्चमा पदार्पण भएकी छन्।
नाटक ‘‘राधा’’मार्फत उनको पदार्पण हुन लागेको हो। मण्डला ड्रामा स्कुल दोश्रो व्याचका शिक्षार्थीहरुले उत्पादन गरेको नाटक ‘‘राधा’’को मञ्चन यहि असार २५ गतेदेखी हुने भएको छ।
यहि मगंलबार दिउसो २ र साँझ ६ बजे गरी नाटकको दुई वटा शो मञ्चन हुनेछ। सुमित्रा बोगटीको लेखनमा तयार पारिएको ‘‘राधा’’ तुलसी परियारले निर्देशन गर्नेछन् भने यसको उत्पादन एवम् प्रवर्धन आरती गौतमले गरेकी हुन।
नाटकमा परितोशिकासँगै आर्जु खरेल, अजय कार्की, हेमन्त खड्का, कृतिका बस्नेत, मिशेल घिमीरे, प्रेमा गुरुङ, सर्जिका मिजार, उदित थापा, यूगल श्रेष्ठलगायतको पनि अभिनय रहेको छ।
नाटक मण्डला थिएटर, थापागाँउमा मञ्चन हुनेछ।