काठमाडौं – क्लाउड एजुकेशन एण्ड भिजा सर्भिसेजले फिलिपिन्समा पनि आफ्नो सेवा शुरु गरेको छ ।
क्लाउण्डले फिलिपिन्सको सेफुमा आफ्नो शाखा विस्तार गरेको हो। शुक्रबार सेब्यू सिटीका उपमेयरले रिबन काटेर शाखाको उद्घाटन गरेका हुन्। यो सँगै क्लाउडले अब ५ अन्तरर्राष्ट्रियसहित १० वटा शाखाबाट आफ्नो सेवा प्रदान गर्ने भएको छ।
‘‘विद्यार्थीहरुलाई सहि शैक्षिक गन्तव्यसम्म पुर्याउने हाम्रो उद्देश्य हो,’’ क्लाउडका सञ्चालक सक्षम सुवेदिले भने, ‘‘गुणस्तरिय शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुको लागि क्लाउडले सेवा प्रदान गर्नेछ।’
कम्पनीका सिईओ अनिष गौतमले आफुहरु गुणस्तरिय परामर्श र शैक्षिक सेवा प्रदान गर्ने सवालमा दृढ रहेको बताए। क्लाउडमार्फत फिलीपिन्सका विद्यार्थी एवम् सेवाग्राहीहरुले भरपर्दो सेवा पाउने उनले विश्वास व्यक्त गरे।