चर्चित फुटबल क्लव बार्सिलोनाका विंगर लामिन यमाल अहिले विद्यालय परीक्षा अर्थात कक्षा १० को परिक्षा सफलतापूर्वक उत्तीर्ण गरेपछि खुसी मनाइरहेका छन्।
१६ वर्षीय यमालले यो खुशीको खबर जर्मनीको स्पेनको प्रशिक्षण क्याम्पमा पाएका थिए, जहाँ उनले आफ्नो शिक्षा र देशको प्रतिनिधित्व गर्दै फुटबल खेललाई सँगै सम्हालिरहेका थिए। यमालले भने, ‘‘मैले परीक्षा पास गरेको जानकारी पाएँ, त्यसपछि मैले मोबाइल बन्द गरेर आमा लाई फोन गरेँ।’’
यो नतिजा चौथो वर्षको ईएसओ को हो, जुन स्पेनमा माध्यमिक शिक्षाको अन्तिम चरण हो। यमालका अनुसार युरोकपमा पनि उनले आफ्नो गृहकार्य ल्याएका थिए र खाली समयमा अध्ययन गर्थे।
यमाल १६ वर्ष ३३८ दिनको उमेरमा स्पेनको उद्घाटन खेलमा सहभागी भएर युरोपियन च्याम्पियनसिपमा खेल्ने सबैभन्दा कान्छो खेलाडी समेत हुन।
उनले स्पेनको लागि ३ वटा खेलेका छन् र भने टोलीलाई नकआउट चरणमा पुर्याउन मद्दत गरेका छन्। यमालले आफ्नो देशको लागि १० खेल खेलेका छन्, जसमा दुई गोल र पाँच असिस्ट गरेका छन्। उनी बार्सिलोनाका नियमित खेलाडी पनि हुन्, उनले गत सिजन ५० खेल खेलेका थिए।