जाजरकोट – नेपाल शैक्षिक परामर्श संघ (इक्यानको) को सहयोगमा कर्णाली प्रदेशको जाजरकोट जिल्लास्थित भेरी नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालयमा ईक्यान पुस्तकालय स्थापना हुने भएको छ।
यस पुस्तकालय स्थापना का लागि इक्यानले आठ लाख एक हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्ने भएको छ। पुस्तकालय स्थापना प्रक्रियामा प्राविधिक सहयोग कथालयले गर्नेछ भने समन्वय भेरी नगरपालिकाले गर्नेछ।
यस परियोजनाको लागि शैक्षिक परामर्श संघ (इक्यान) का वरिष्ठ उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु), सह कोषाध्यक्ष विकल्प राज पोख्रेल र सदस्य प्रदिप भुसाल लगायतको टोली भेरी नगरपालिका पुगेका छन्।
यस पुस्तकालयले विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सामग्रीको पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ। पुस्तकालयले विद्यार्थीहरूको अध्ययन र अनुसन्धानमा मद्दत पुर्याउने र शैक्षिक विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ।
भेरी नगरपालिकाका प्रमुख र अन्य स्थानीय अधिकारीहरूले पनि पुस्तकालय स्थापनाका लागि आवश्यक सहयोग र समर्थन प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। यस परियोजनाले स्थानीय विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।