टोरन्टो – क्यानाडाले सन् २०२४ मा आफ्नो अध्ययन भिसा नियमावलीमा उल्लेखनीय परिवर्तनहरू गरेको छ।
यो परिवर्तनले क्यानाडामा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि महत्त्वपूर्ण अर्थ राख्ने बताइएको छ। यस समाचारमा नयाँ नियमहरूबारे विस्तृत जानकारी समाविष्ट गरिएको छ, जसले विद्यार्थीहरूले आफ्नो अध्ययन योजना कसरी प्रभावित हुन्छ भनेर बुझ्न सहयोग पुर्याउनेछ।
मुख्य परिवर्तनहरू
१. कलेज र विश्वविद्यालय स्थानान्तरण प्रतिबन्धहरू
क्यानाडामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफ्नो कलेज वा विश्वविद्यालय परिवर्तन गर्न पुनः अध्ययन अनुमति पत्र (स्टडी परमिट) लिनुपर्नेछ। यो परिवर्तनले विद्यार्थीहरूले प्रारम्भमा भिसा प्राप्त गरेको संस्थामा नै नामांकनमा रहने सुनिश्चित गर्नेछ।
२. आईसिआरसीलाई प्रत्यक्ष ‘रिपोर्टीङ
पहिले कलेज र विश्वविद्यालयहरूले आ–आफ्नो प्रान्तीय सरकारलाई प्रतिवेदन दिने गर्दथे। तर, नयाँ नियमावली अनुसार अब शैक्षिक संस्थाहरूले प्रत्यक्ष रूपमा क्यानाडाको आप्रवासन, शरणार्थी र नागरिकता (आईसिआरसि) लाई ‘रिर्पोटिङ’ गर्नुपर्नेछ। यस परिवर्तनले प्रक्रियालाई सरल पार्न र शैक्षिक संस्थाहरूको निरीक्षणलाई सुधार गर्न मद्दत गर्दछ।
३. नयाँ अध्ययन आवेदन आवश्यकताहरू
विद्यार्थीहरूले आफ्नो कलेज वा कार्यक्रम परिवर्तन गर्न चाहेमा, तिनीहरूले नयाँ अध्ययन आवेदन बुझाउन र नयाँ अध्ययन अनुमति पत्र प्राप्त गर्नुपर्नेछ। यस आवश्यकताले आईसिआरसीलाई विद्यार्थीहरूको शैक्षिक गतिविधिहरू ट्र्याक गर्न र भिसा सर्तहरूको पालना सुनिश्चित गर्न मद्दत गर्दछ।
४. नामांकन र स्थिति ट्र्याकिङ
संस्थाहरूले अब आफ्ना विद्यार्थीहरूको नामांकन स्थिति प्रत्यक्ष रूपमा आईसिआरसीलाई रिर्पोटीङप्रतिवेदन गर्नुपर्नेछ। यसमा विद्यार्थीहरूले कक्षामा उपस्थित हुने र आफ्नो अध्ययनमा प्रगति गरिरहेको जानकारी समावेश छ।
यसले आईसिआरसीलाई विद्यार्थीहरूको निरीक्षण गर्न र आवश्यक परेमा कारबाही गर्न मद्दत गर्दछ।
विद्यार्थीहरूको लागि प्रभाव
क्यानाडामा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले नयाँ नियमावलीलाई ध्यानमा राखेर आफ्नो अध्ययन योजना तयार गर्नुपर्नेछ। नयाँ नियमहरूले विद्यार्थीहरूको अध्ययन गतिविधि र भिसा शर्तहरूको पालना सुनिश्चित गर्न मद्दत गर्दछ।
जसले क्यानाडामा उच्च गुणस्तरीय शिक्षा प्रणालीलाई थप मजबुत बनाउन मदत गर्ने विश्वास लिइएको छ।