काठमाडौं - बिग एजुकेशनल कन्सल्टेन्सीले आफ्नो छैठौं शाखा धनगढीको शिवनगरमा खोल्ने तयारी गरेको छ।
शाखाको उद्घाटन समारोह भोली शनिबार हुनेछ। उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा शैक्षिक परामर्श संघ नेपाल (ईक्यान)का अध्यक्ष श्री शेषराज भट्टराईले उपस्थिती रहने बिग एजुकेशनका सीईओ सुरज केसीले जानकारी दिए।
धनगढी क्षेत्रका विद्यार्थीहरूलाई उच्चस्तरीय शैक्षिक परामर्श सेवाहरू प्रदान गर्ने उद्देश्यले शाखा खोल्न लागिएको सिईओ केसीले बताए। शाखाले उच्च शिक्षा अध्ययन गर्न बिदेश जान चाहने विद्यार्थीहरुको लागि सहि परामर्शका साथै छात्रवृत्ति, भर्ना प्रकृयालगायतका विविध सेवाहरू प्रदान गर्नेछ। विग एजुकेशनको नयाँ शाखाको उद्घाटनले धनगढी तथा वरपरका विद्यार्थीहरूलाई उच्च शिक्षाका अवसरहरूमा पहुँच बढाउने अपेक्षा गरिएको छ।
बिग एजुकेशनल कन्सल्टेन्सीमार्फत अष्ट्रेलिया, क्यानडा, अमेरीका, जापान, यूरोप, कोरीयालगायतका राष्ट्रहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले सेवा लिदै आएका छन्।
बिग एजुकेशनल कन्सल्टेन्सीको मुख्य कार्यालय बानेश्वर, काठमाडौंमा रहेको छ। यसका अन्य शाखाहरू पोखरा, नुवाकोट, दाङ, कञ्चनपुरमा रहेका छन्। संस्थाले आफ्नो सेवाहरूलाई देशभरि विस्तार गर्ने योजना अनुसार नयाँ शाखा खोल्दै आएको छ।
यो पनि : दाङमा पनि खुल्यो बिग एजुकेशनको शाखा