काठमाडौं - शैक्षिक परामर्श व्यवसायीहरुको समुहले नवनियूक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग भेटघाट गरेका छन्।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको नेतृत्वमा गएका शैक्षिक परामर्श व्यवसायीहरुको छाता सगंठनका प्रतिनिधीहरुले मन्त्री भट्टराई भेटेर सफल कार्यकालको लागि शुभकामना दिएका छन्। भेटमा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष लगायत इक्यान, आइरिन, नायर, जालसान, एपक्यान, केक्यान, ए ( इक्यान तथा नेकाका प्रतिनीधीहरु सहभागी थिए।
उक्त अवसरमा मन्त्री भट्टराईलाई सफल कार्यकालको शुभकामना दिएसँगै, शैक्षिक परामर्श क्षेत्रका विविध विषयमा सकारात्मक छलफल भएको थियो। छलफलमा मुख्यतया शैक्षिक परामर्श क्षेत्रका वर्तमान चुनौतीहरु, आगामी सम्भावनाहरु, नीतिगत सुधारहरु र गुणस्तरीय शिक्षाको प्रवर्द्धनका विषयहरुमा केन्द्रित रह्यो।
प्रतिनिधिहरुले शैक्षिक परामर्श क्षेत्रको सुधार र समृद्धिका लागि आफ्नो विचार र सुझाव प्रस्तुत गर्दै यस क्षेत्रको विकासका लागि आवश्यक नीति र कार्यक्रमहरुको आवश्यकता औंल्याएका थिए। मन्त्री भट्टराईले प्रतिनिधिहरुको सुझावलाई सकारात्मक रुपमा लिँदै, शैक्षिक परामर्श क्षेत्रको विकास र गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि आवश्यक नीति र कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
मन्त्री भट्टराईले शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउने दिशामा सरकारले आवश्यक कदम चाल्ने आश्वासन दिँदै, सबै सरोकारवाला पक्षसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।
शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्षले मन्त्री भट्टराईको कार्यकाललाई शैक्षिक क्षेत्रको विकासका लागि महत्वपूर्ण मान्दै, आगामी दिनहरुमा थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गरेकी छन्। यस भेटघाटले शैक्षिक परामर्श क्षेत्रमा सकारात्मक प्रभाव पर्ने र यसको विकासका लागि मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।