बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ ९२० बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । आचार्यले नेपाली कांग्रेसको समर्थनमा आजै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।