काठमाडौं - रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन्।
कपन प्रहरी प्रभागले बुढानीलकण्ठ-१० बाट घलेसहितका व्यक्तिहरुलाई शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।उनीहरूको साथबाट ६ बुक तास र एक लाख ३५ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई जुवामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नुर्वु मानव वेचबिखनको कसुरमा पनि पक्राउ परेका व्यक्ति हुन्।
घलेविरुद्ध एक महिलाले आफूलाई श्रीलंका पुर्याएर मानव बेचबिखन गरको आरोप लगाउँदै ७ वर्ष पहिले साविक महानगरीय प्रहरी परिसर (हाल जिल्ला प्रहरी परिसर) काठमाडौंमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीको आधारमा घले पक्राउ परेका थिए।