काठमाडौं - साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.०२ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २५६८ अंकमा कायम भएको छ।
त्यस्तै १४ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन १६ अर्ब २० करोडको भएको थियो। यस दिन माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा धेरै ६.८ प्रतिशत बढ्यो।
बैंकिङ १.३६, फाइनान्स १.२२, होटल तथा पर्यटन ०.४२, जीवन बीमा ०.७१, उत्पादन ०.८६, निर्जीवन बीमा २.९५ तथा व्यापार समूहको सूचक ०.८१ प्रतिशत बढ्यो।
अन्य ०.३३, लगानी ०.७३, हाइड्रोपावर ०.१० र विकास बैंक समूहको सूचक ०.३५ प्रतिशत घट्यो। उपकार लघुवित्त, जीवन विकास लघुवित्त, एसियन हाइड्रोपावर, गणपति लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको मूल्य १० प्रतिशत बढ्यो।
आरएसडीसी लघुवित्तको ९.७, नाडेप लघुवित्तको ९.७, लक्ष्मी लघुवित्तको ९.७ तथा बोटलर्स नेपाल तराईको मूल्य ९.५ प्रतिशत बढ्यो। मितेरी डेभलपमेन्ट बैंकको ७.६ र माण्डु हाइड्रोपावरको मूल्य ४.६ प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे।